काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।
संघाईमा बिहिबार म्यानमारलाई ३५ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन जोडेको थियो । नेपालको लागि कविता कुँवरले २६ रन जोडिन । यस्तै डली भट्ट र शिला क्षेत्रीले समान १५/१५ रन जोडीन् ।
नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको म्यानमारले २० ओभरमा ८ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो ।
नेपालकी कृतिका मरासिनीले ३ विकेट लिईन् । उनी प्लेयर अफ दि म्याच समेत चुनिईन् ।
यस अघि दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले हराएको थियो । पहिलो खेलमा भने नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको थियो ।
अब नेपालले अन्तिम खेलमा शुक्रबार मलेसियासँग खेल्नेछ ।