ललितपुर । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग आजबाट सम्पन्न भएको छ । लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले हराएर एपीएफले उपाधि जितेको हो ।
विभागीय डर्बीमा आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन । आर्मीका पुनम मगरले एक गोल फर्काइन ।
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको प्रतियोगितामा एपीएफ क्लबकी सावित्रा भण्डारी सर्वोकृष्ट खेलाडी बनिन् । उनले २५ हजार प्राप्त गरिन् । र, व्यक्तिगत विधामा समेत विभागीय टोली एपीएफकै खेलाडीको वर्चश्व रह्यो । विधागत उत्कृष्ट हुनेले समान १०/१० हजार एपीएफ क्लबकी सावित्रा भण्डारी सर्वोकृष्ट खेलाडी बनिन् । प्राप्त गरेका छन् ।
कुन विधामा कुन खेलाडी उत्कृष्ट ?
उत्कृष्ट गोलकिपर - एन्जिला तुम्बाहाम्फे (एपीएफ)
उत्कृष्ट डिफेन्स -पुनम जर्गा मगर (आर्मी)
उत्कृष्ट मिडफिल्डर - रेनुका उपरकोटी (एपीएफ)
उत्कृष्ट फरवार्ड - रश्मी घिसिङ (रौतहट)
उत्कृष्ट प्रशिक्षक - शरद सिंह (एपीएफ)