काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले अहिले भारतको यू-२३ सँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा नेपालले दिएको १ सय ९४ रनको लक्ष्यसहित भारतले जवाफी ब्याटिङ गरिरहेको छ ।
नेपालविरुद्ध ब्याटिङ गरिरहेको भारतले दुई विकेट गुमाएको छ ।
नेपालका ललित नारायण राजवंशीले भारतका आर्यन जुएललाई २९ रनमा आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए ।
यस अघि सुशन भारीले भारतका बेलुर रभी सरथलाई ४९ रनमा आउट गरेका थिए ।
भारतले १७ ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको छ ।