ललितपुर । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगको उपाधि एपीएफ क्लबले जितेको छ ।
विभागीय डर्बीमा आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन । आर्मीका पुनम मगरले एक गोल फर्काइन ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफमा १–० को अग्रता लिएको एपीएफले दोस्रो हाफमा दुई गोल थप्यो ।
४० औ मिनेटमा सावित्राकै गोलबाट एपीएफले अग्रता लिएको थियो ।
५४ औ मिनेटमा दोस्रो गोल गरेकी उनले ८२ औ मिनेटमा ह्याट्रिक गर्न सफल भईन् ।
आर्मीका पुनम मगरले ४९ औ मिनेटमा एक गोल फर्काइन् ।
आर्मीकी अन्जना राना मगरले पहिलो हाफमा केही उत्कृष्ट बचाउ गर्दै एपीएफलाई निराश बनाएपनि सावित्राले उत्कृष्ट प्रर्दशन टोलीलाई उपाधि दिलाईन् ।
उपाधिसंगै एपीएफले दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले एक लाखमा चित्त बुझाएको छ । तेस्रो भएको रौतहटले ५० हजार पाएको छ । ९ दिन चलेको लिगमा ५ टोलीको सहभागिता रहेको थियो ।