काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य रनमा गुमाएको छ । दुई बलको सामना गरेका मल्ल पहिलो ओभरको दोस्रो बलमा सौरभ डुबेको बलमा बोल्ड आउट भए ।
अहिले क्रिजमा शरद भेषवाकर र कुशल भुर्तेल रहेका छन् । शरद १६ रनमा अविजित रहदा कुशल २५ रनमा अविजित रहेका छन् ।
नेपालले १२ ओभर सकिदा ४० रन जोडेर १ विकेट गुमाएको छ ।