काठमडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा भारतविरुद्व नेपालले ब्याटिङ गर्ने भएको छ ।
बंगलादेशको ढाकास्थित सभारमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपाली टिम ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएकाे छ भने भारतीय टिमको नेतृत्व बीआर सरथले गरेका छन् । भारतले उमेर समूहको टिम मैदान उतारेको हो ।
नेपाली टिमका नियमित दुई खेलाडी पारस खड्का र सन्दीप लामिछाने टिममा छैनन् । दुवै खेलाडी टी–१० लिग खेल्न युएईमा रहेकाले इमर्जिङ एसिया कपमा सहभागी नहुने भएका हुन् ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह एमा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।
यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।
प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।