काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (बिहिबार) पहिलो खेल खेल्दैछ ।
बंगलादेशमा आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ ।
नेपाली टिमका दुई ठुला खेलाडी रहने छैनन् । पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने टी–१० लिग खेल्न युएईमा रहेकाले इमर्जिङ एसिया कपमा सहभागी नहुने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले युवा खेलाडीलाई मौका दिदै प्रतियोगिता खेल्ने टिमको घोषणा गरेको थियो ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह 'ए' मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तानरहेका छन् ।
यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।
प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।