काठमाडौं । बंगलादेशमा बिहिबारबाट आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपालले अन्तिम तयारी स्वरूप बुधबार अभ्यास गरेको छ ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह 'ए' मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।
नेपालले भोलि भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।
प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।