काठमाडौं । यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गतको दोस्रो नेपाललाई भारतको 'ए' टिमले २ सय ४८ रनको फराकिलो लक्ष्य दिएको छ ।
भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारत 'ए' ले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनायो ।
भारतका लागि धुर्ब चन्द जुरेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै साई भारद्वाज सुदर्शनले ३४, भुपेन्द्र जैसवालले ३३ र नितेश कुमार रेड्डीले ३० रन बनाए ।
नेपालका शेर मल्लले ३ विकेट लिए । यस्तै आकाश चन्दले २ विकेट लिए ।
पहिलो खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपाल भारतको 'सी' टिमसँग फराकिलो अन्तरले पराजित भएको थियो ।
भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए, बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।