ललितपुर । विभागीय टोली नेपाल पुलिस क्लबले उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबलको अन्तिम खेलमा फराकिलो जित निकालेको छ । मंगलबार भएको खेलमा पुलिसले काठमाडौंलाई ९ - ० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन निरु थापाले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै निर्मला उपाध्यायले दुई तथा निर्मला विक, घिम कुमारी गुरुङ र मंजु गुरुङले समान एक एक गोल गरिन् ।
यो जितसंगै पुलिसले लिगमा पहिलो ३ अंक जोडेको छ । जितपछि पुलिसले ३ अंक जोडेर चौथो स्थानमा रहदै लिग सकाएको छ । सवै खेल गुमाएको काठमाडौं भने अंकबिहिन बनेको छ । र, काठमाडौंले लिगको पुछारमा रहदै प्रतियोगिता टुंगाएको छ ।
लिगको उपाधिका लागि विभागीय टिम एपीएफ र आर्मीले प्रतिस्पर्धा गरिरहेका छन् ।