काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाली यू-१९ राष्ट्रिय महिला टिमले आज (बुधबार) घरेलु टिमको सामना गर्दैछ ।
पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा चीनसँग खेल्न लागेको हो । खेल चीनको सांघाईमा हुनेछ ।
तुलनात्मक कमजोर टिम चीनविरुद्ध नेपाल सहज जितको खोजीमा हुनेछ । नेपाल पहिलो जित निकाल्न चाहन्छ ।
यस अघि सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको थियो ।
चीनपछि नेपालले बिहिबार म्यानमार र शुक्रबार मलेसियासँग खेल्नेछ ।