काठमाडौं । यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज (बुधबार) भारतको ए टिमसंग प्रतिस्पर्धा गर्दैछ ।
भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे सुरु हुनेछ ।
सुरुवात खेल गुमाएका दुवै टिमलाई खेलमा फर्कन जित आवश्यक छ ।
प्हिलो खेलमा ए टिम जय गोहिलले ९९ रनको ईनिङ्स खेल्दा समेत भारतको ए टिम बी टिमसंग पराजित हुन पुगेको थियो ।
अर्कोतर्फ नेपाल भने भारतको सी टिमसंग फराकिलो अन्तरले हार्न पुग्यो । नेपालले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य सी टिमले २१ द्यशमलव १ ओभरमा विना विकेटको क्षतीमा पुरा गरेको थियो ।
नेपालका कुशल मल्लले बनाएको २६ रन टोलीको सर्वाधिक स्कोर रहेको थियो ।
भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए, बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।