काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली यू-१९ राष्ट्रिय महिला टिम पराजित भएको छ ।
सांघाईमा सोमबार भएको खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको हो ।
थाइल्याण्डले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ६२ रनमा अलआउट भयो ।
नेपालका लागि राजमती ऐरीले १२ तथा लक्ष्मी साउद र कविता कुँवरले समान १०/१० रन जोडिन ।
यस अघि पहिले ब्याटिङ गरेको थाइल्याण्डले अलआउट हुँदै ९१ रन बनाएको थियो ।
नेपालकी कृतिका मरासिनी र खुशी डंगोलले ३/३ विकेट लिईन् । लक्ष्मी साउदले २ विकेट लिईन् ।
अब नेपालले बुधबार दोस्रो खेलमा चीनको सामना गर्नेछ ।
चीनपछि नेपालले बिहिबार म्यानमार र शुक्रबार मलेसियासँग खेल्नेछ ।