एजेन्सी । पुर्व अस्ट्रेलियन भेट्रान क्रिकेटर इयान चप्पेलले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली परम्परागत प्रशिक्षकका लागि टाउको दुखाइको विषय रहेको बताएका छन् ।
परम्परागत शैलीमा क्रिकेट सिकाउँने प्रशिक्षका लागि विराट समस्या रहेको इयानले बताएका हुन् ।
'कोहली युवा पुस्ताका लागि एक रोल मोडल हुन् ।' इयानले हिन्दुस्तान टाइम्ससंग भनेका छन्, 'कोहली परम्परागत शैलीमा क्रिकेट सिकाउने प्रशिक्षकका लागि टाउको दुखाइको विषय पनि हुन् ।'
इयानले अस्ट्रेलियन स्टिभ स्मिथ र विराटको उदाहरण दिंदै खेलाडीले जसरी आफ्नो क्षमतामा उत्कृष्ट प्रदर्शन गर्न सक्छ त्यसैमा अभ्यास गराउनु पर्ने र गर्न दिनु पर्ने बताए ।
यस्तै, उनले परम्परागत क्रिकेट सिकाउने प्रशिक्षकले आधुनिक क्रिकेटको पाठ पढाए पनि सिकाउने शैली पुरानोनै रहेको आरोप लगाए ।
क्रिकेट हस्ती सचिन तेन्दुलकरको कीर्तिमान पछ्याउँदै गरेका कोहली समकालिन क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यान हुन् ।
विराटले करियरमा ६९ शतक प्रहार गर्दै २० हजार रन पुरा गरिसकेका छन् ।
हाल विराट आईसीसीको टेष्ट खेलाडीको बरियतामा दोस्रो स्थानमा रहेका छन् ।
उनी भन्दा अघि स्मिथ रहेका छन्् ।