एजेन्सी । इंग्ल्याण्डले घरेलु टिम न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
आइतबार भएको पाँचौं तथा अन्तिम टी-ट्वान्टीलाई न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले सिरिज ३-२ ले जितेको हो ।
अकल्याण्डमा वर्षाले प्रभावित गरेपछि ११ ओभरमा झारिएको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई जितका लागि १ सय ४३ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ११ ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा इंग्ल्याण्डले १७ रन जोड्दै न्युजिल्याण्डलाई १८ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १ विकेट गुमाएर ८ रन बनायो ।
सुपर ओभर अघि इंग्ल्याण्डका जोनी बेयर्स्टोले सर्वाधिक ४७ रन बनाए । यस्तै साम करणले २४ तथा कप्तान इयान मोर्गनले १७ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्ट, मिचेल स्टाननर र जेम्स निशमले समान २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।
न्युजिल्याण्डका मार्टिन गुप्टिलले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा कोलिन मुन्रोले ४६ रन बनाए । टिम सिफार्टले ३९ रन बनाए ।
इंग्ल्याण्डका साम करण, टम करण, आदील राशिद र शकिब ममुदले समान १/१ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो र चौंथो टी-ट्वान्टी इंग्ल्याण्डले जितेको थियो । यस्तै दोस्रो र तेस्रो टी-ट्वान्टी भने न्युजिल्याण्डले जितेको थियो ।