काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आज (शनिबार) नेपालविरुद्ध टी–ट्वान्टी क्रिकेट खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ११ बजेपछि सुरु हुनेछ ।
एमसीसीले नेपाल मिक्स यू–१९ टिमविरुद्ध पहिलो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो ।
नेपाली टिमको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।
पहिलो एकदिवसीय खेलमा एमसीसीसंग नेपाली यू–१९ टिम पराजित भएको थियो ।
तर, सिनियर क्रिकेट टिमले दोस्रो एक दिवसीय खेलमा एमसीसीलाई हराएको थियो ।
नेपालविरुद्धको तीन दिवसीय क्रिकेटमा भने एमसीसीले ठुलो अन्तरको जित आत्मसाथ गरेको थियो ।
टी-ट्वान्टी पछि एमसीसी टिम पोखरा जानेछ । त्यहाँ उसले पोखरा आमन्त्रण-११ र मुख्यमन्त्री-११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।