काठमाडौं । चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली यू-१९ राष्ट्रिय महिला क्रिकेट टिम त्यसतर्फ प्रस्थान गरेका छन् ।
चीनको संघाईमा आयोजना हुने प्रतियोगिताका लागि १४ सदस्सीय खेलाडीसहितको नेपाली टिम शुक्रबार चीन प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई शुक्रबार नै नेपाल क्रिकेट संघ क्यानका सचिब अशोक नाथ प्याकुरेल, आईसीसीका नेपाल प्रतिनिधि रौनक मल्ल लगायतले विदाई गरे ।
प्रतियोगिताको लागि नेपालले बुधबार डली भट्टको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको थियो ।
प्रतियोगिता नोभेम्बर ११ देखि १६ सम्म हुनेछ । नेपालले नोभेम्बर ११ मा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नोभेम्बर १२ मा नेपालले दुई खेल खेल्नेछ । पहिलो खेल साउदी अरेबिया र दोस्रो खेलमा चीनको सामना गर्नेछ । यस्तै नोभेम्बर १४ मा मलेसिया र नोभेम्बर १५ मा म्यानमारसँग खेल्नेछ ।
नेपाली टिम :
डली भट्ट (कप्तान)
कविता कुवर
कृतिका मरासिनी
यसोधा बिष्ट
राजमती ऐरी
ईश्वरी बिष्ट
लक्ष्मी साउद
खुशी डंगोल
ज्योति दनुवार
निगम तामाङ
शिला क्षेत्री
लक्षिता राजवंशी
गोमा आले
सृष्टि पौडेल
वैकल्पिक
हेलिसा लामा गुरुङ
पेम लामु शेर्पा
मनिषा मगर