काठमाडौं । भारतमा आयोजना हुने यू-१९ च्यालेन्जर्स सिरिज खेल्ने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई विदाई गरेको हो । क्यानका सचिव अशोक नाथ प्याकुरेल, आईसीसीका नेपाल प्रतिनिधि रौनक मल्ल लगायतले नेपाली टिमलाई विदाई गरे ।
रित गौतमको कप्तानीमा रहेको १६ सदस्सीय नेपाली टिम शनिबार भारत प्रस्थान गर्ने छन् । नेपालले सिरिजका लागि टिमको नाम नेपाल 'ए' राखेको छ ।
भारतको हैदरावादमा हुने यू-१९ च्यालेन्जर्स सिरिज नोभेम्बर ११ देखि १७ सम्म हुनेछ । सिरिजमा भारतको तीन टिम रहने छ । जसलाई भारत 'ब्लु', भारत 'रेड' र भारत 'एल्लो' नाम दिईएको छ ।
नेपालले पहिलो खेल नोभेम्बर ११ मा भारत 'एल्लो' सँग खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले नोभेम्बर १३ मा भारत 'रेड' र अन्तिम खेलमा नेपालले भारत 'ब्लु' सँग नोभेम्बर १५ मा खेल्नेछ ।
लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । तेस्रो र चौथो टिमले तेस्रो स्थानको लागि खेल्ने छ ।
नेपाली टिम :
रित गौतम
लोकेश बहादुर बम
तृत राज दास
विशाल बिक्रम केसी
खडक बोहोरा
अविशेख बस्नेत
हरि बहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सुर्य तामाङ
तिलक राज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिष जिसी
गौतम केसी