काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पाकिस्तान सुपर लिग (पीएसएल)मा नेपालका पाँच खेलाडी ड्राफ्टमा राख्न प्रस्ताव गरेको छ ।
क्यानले आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पीएसएलको ड्राफ्टमा राख्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको हो ।
क्यानले करण केसी सहित पवन सरार्फ, ललित राजवंशी, आरिफ शेख र बिनोद भण्डारीको नाम प्रस्ताव गरेको हो ।
आईसीसीले अब क्यानले प्रस्ताव गरेको पाँच खेलाडीलाई पीएलएलको ड्राफ्टमा राख्न कोशिश गर्नेछ ।
क्यान महासचिव अशोकनाथ प्याकुरेलले सन् २०२० को पीएसएलका लागि नेपाली खेलाडीलाई समेत ड्राफ्टमा राख्न आईसीसीमार्फत प्रस्ताव अघि बढाईएको खेलपाटीलाई बताए ।
'पीएसएलको ड्राफ्टबाट कुनै खेलाडी छनोट भएमा नेपाली खेलाडीलाई राम्रोनै हुन्छ ।' उनले भने ।
नेपालका पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने अहिले दुईबमा टी–१० फ्रेन्चाईज लिग खेल्ने तयारी गरेका छन् ।
क्यानले अन्य खेलाडीलाई समेत फ्रेन्चाईज लिगका लागि बाहिर सहजीकरण गर्ने प्रयास अघि बढाएको छ ।
पकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पीएसएल सञ्चालन गर्दै आएको छ ।
पीएसएलको पाँचौ सिजन अब सन् २०२० मा हुनेछ । पीसीबीले फेब्रुअरी २० देखि मार्च २२ सम्म पाँचौ संस्करणको पीएसएल सञ्चालन गर्ने तयारी गरेको छ ।