एजेन्सी । घरेलु टोली भारतले बंगलादेशविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।
राजकोटमा बिहिबार राति भएको खेलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।
बंगलादेशले दिएको १५४ रनको लक्ष्य भारतले १५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा कप्तान रोहित शर्माले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । ४३ बलमा उनले ६ चौका र ६ छक्का प्रहार गरे । यस्तै शिखर धवनले ३१ रन बनाए ।
यस्तै श्रेयस आयर २४ रनमा अविजित रहदा लोकेश राहुल ८ रनमा अविजित रहे ।
बंगलादेशका इमुनुल इस्लामले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
बंगलादेशको लागि मोहमद नाइमले ३६ रन बनाए । यस्तै कप्तान महमदउल्लाह र सौम्य सरकारले समान ३०/३० रन जोडे । लिटोण दास २९ रनमा आउट भए ।
भारतका युजभेन्द्र चाहलले २ विकेट लिए ।
जितसँगै भारतले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टी-ट्वान्टीमा भने बंगलादेशले ७ विकेटको जित निकालेको थियो ।
अब अन्तिम तथा निर्णायक टी-ट्वान्टी आइतबार नागपुरमा हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि भारत र बंगलादेशबीच दुई खेलको टेष्ट सिरिज हुनेछ ।