काठमाडौं । नेपालविरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय २ रनको फराकिलो अग्रता बनाएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहिबार नेपाललाई सस्तैमा समेटेर दोस्रो इनिङ्स थालेको एमसीसीले दोस्रो दिनको खेल सकिदा २१ ओभरमा २ विकेट गुमाएर ९१ रन जोडेको छ ।
एमसीसीका विल रोड्स ३० रनमा आउट हुँदा बिली गोडलम्यानलाई ३९ रनमा पेभेलियन फर्किए । टम वेस्ट्ली १७ रनमा अविजित रहेका छन् ।
नेपालका पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलो इनिङ्समा १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो ।
पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन बिहिबार ५३ रन जोड्दा बाँकि ४ विकेट गुमाएको थियो ।
एमसीसीका लागि चार खेलाडीले अर्धशतक बनाए । एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए ।
नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए । यस्तै सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए ।
तर, पहिलो इनिङ्समा नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको थियो । नेपाल फलो अनमा समेत परेको थियो । तर, एमसीसीले नेपाललाई फलो अन नदिई पुन: ब्याटिङ गरेको हो ।
खराब ब्याटिङ गरेको नेपालले लन्च ब्रेकसम्म १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट हुँदा राजु रिजालले ८ रन जोडे । यस्तै शरद भेषवाकर ४ रनमा आउट भए ।
यस्तै नेपालले ३१ रन जोड्दा पाँच विकेट गुमाएको थियो । तर, विनोद भण्डारी र सोमपाल कामीले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।
विनोदले ३६ रन बनाए भने सोमपाल २६ रनमा आउट भए ।
त्यसपछि आएका सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३९ रन बनाए । उनले ४ छक्का र २ चौका प्रहार गरे ।
सन्दीपले अन्तिम विकेटको लागि ललित नारायण राजवंशीसँग ४२ रनको साझेदारी गरे । ललित सुन्य रनमा आउट भए ।
यस्तै नेपालका आरिफ शेखले १० रन बनाए ।
एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३/३ विकेट लिए ।