काठमाडौं । नेपालविरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय ६४ रन बनाएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दोस्रो दिनको पहिलो सेसनमा बिहिबार एमसीसी १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनायो ।
पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन ५३ रन जोड्दा बाँकि ४ विकेट गुमायो ।
खराब प्रकासको कारण १० ओभर बाँकि रहदै खेल रोकिदा एमसीसीले पहिलो दिन उच्च योगफल तयार गरेको थियो ।
दोस्रो दिन एक गरि एमसीसीका लागि चार खेलाडीले अर्धशतक बनाए ।
एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए ।
यस्तै सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए ।
नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलिरहेको हो । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।
फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।