काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मादक पद्धार्थ सेवन गरि रातको समयमा हो–हल्ला गर्नेे घटनामा संलग्न खेलाडीमाथि कारबाही गरिने बताएको छ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका केही खेलाडी रातको समयमा काठमाडौंका डिस्को र डान्सबारमा गएर मादकपद्धार्थ सेवन गरेको घटना सार्वजनीक भएसंगै एन्फाले छानविन प्रक्रियालाई अघि बढाएको हो ।
एसियन गेम्स र साफ फुटबलको तयारीमा रहेका राष्ट्रिय टिमका केही खेलाडी गत शुक्रबार समेत रातको समयमा होस्टेलबाट बाहिर निस्किएर मादक पद्धार्थ सेवन गरि हो–हल्ला गरेको अवस्थामा भेटिएका थिए ।
घटना सार्वनजीक भएसंगै एन्फाले सीसीटीभी फुटेज हेरेर खेलाडीहरु हुलिया पत्ता लगाएको थियो । जस अनुसार विमल घर्तिमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर लगायतका खेलाडी परेका थिए ।
एन्फाले घटनाको छानविन अन्तिम चरणमा पुगेको बताउदै खेलाडीमाथि कारबाही हुने बताएको छ । एन्फा प्रवक्ता किरण राईले छानविन सकेर खेलाडीलाई स्पष्टिकरण सोध्ने तयारी भईरहेको बताउदै अनुशासनहिन खेलाडीलाई कारबाही गरिने खेलपाटीलाई बताए ।
‘कुन तहको कारबाही भन्ने प्रष्ट भईसकेको छैन । तर स्पष्टिकरण साधेर कारबाही हुन्छ ।’ उनले भने । एन्फा अध्यक्ष र नेपाली टिमका प्रशिक्षक सहितको बैठकले खेलाडीलाई गरिने कारबाहीको बिषय टुङ्गो लगाउने प्रवक्ता राईको भनाई छ ।
एसियन गेम्स र साफको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका केही खेलाडीहरु रातको समयमा एन्फा होस्टेलबाट भागेर काठमाडौंका डिस्को र क्लबमा बिताउने गरेका छन् ।
खेलाडीको अराजक गतिविधिमा एन्फा नेतृत्व मौन बस्दा राष्ट्रिय फुटबल टिमका खेलाडीले यसप्रकारका घटनाहरु दोह¥याउदै आएका छन् ।