एजेन्सी । अफगानिस्तानविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेष्ट इण्डिजले जित निकालेको छ ।
भारतको लखनउमा बुधबार वेष्ट इण्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।
अफगानिस्तानले दिएको १९५ रनको सामान्य लक्ष्य वेष्ट इण्डिजले ४६ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
वेष्ट इण्डिजका लागि रोस्टन लामर र शाई होपले अर्धशतकीय इनिङ्स खेले । रोस्टनले ९४ रनको अर्धशतकीय इनिङ्स खेल्दा होप ७७ रनमा अविजित रहे ।
अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४५ ओभर २ बलमा अलआउट हुँदै १९४ रन बनाएको थियो ।
अफगानिस्तानका लागि रहमत शाहले ६१ तथा आक्राम अलिखिलले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । अस्घर अफगान ३५ रनमा आउट भए ।
वेष्ट इण्डिजका जासन होल्डर, रोमारियो शेफार्ड र रोस्टनले समान २/२ विकेट लिए ।
जितसँगै वेष्ट इण्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।