एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो प्रशिक्षणमा सहभागी हुन् इटालीको टुरिन आइपुगेका छन् । युभेन्ट्सको पहिलो प्रशिक्षण सत्रमा सहभागी हुन् रोनाल्डो आइतबार क्लबको घरेलु सहर टुरिन आइपुगेका हुन् ।
यसै सिजन इटालियन च्याम्पियन युभेन्ट्समा अनुबन्धित भएका रोनाल्डोले सोमबारबाट प्रशिक्षण सुरु गर्ने बताईएको छ । रुस विश्वकपपछि छुट्टि मनाईरहेका रोनाल्डो छुट्टि सकिएपछि इटाली आएका हुन् । रोनाल्डो प्राइभेट विमानबाट परिवारसहित टुरिन आएका हुन् ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको लागि युभेन्ट्सको टोली अहिले अमेरिका भ्रमणमा रहेका छन् । तर, रोनाल्डोले टुरिनमै प्रशिक्षणमा गर्ने बताईएको छ । अमेरिका भ्रमणमा रहेको युभेन्ट्सले इन्टरनेसनल च्याम्पियन्स कपमा रोनाल्डोको पुर्व क्लब रियल मड्रिडसंग अगष्ट ४ मा खेल्दै छ । उक्त खेलमा रोनाल्डो खेल्ने सम्भावना न्यून रहेको बताईएको छ ।
स्पेनिस क्लब रियलबाट १०५ मिलियन पाउण्डमा क्लब आएका रोनाल्डोले अगष्ट १९ मा सिरी ए फुटबलमा डेब्यु गर्न सक्ने बताईएको छ । युभेन्ट्सले चिभोसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोले रियलसंगको अनुबन्ध सम्झौता ३ बर्ष बाँकी छदै युभेन्ट्स आएका हुन् । ९ बर्ष रियलमा बिताएका ३३ वर्षीय रोनाल्डो रियलका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४३८ खेलमा रोनाल्डोले ४५० गोल गरेका छन् ।
पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोले सन् २००८,१३, १४ र १६ मा बालोन डी'ओर जितेका थिए । यस्तै रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारे । जसमा ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप, दुई स्पेनिस सुपर कप र २ कोपा डेल रे रहेको छ ।