काठमाडौं । नेपालविरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो दिन मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले उच्च योगफल तयार गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले बुधबार ८७ ओभर सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ ।
खराब प्रकासको कारण १० ओभर बाँकि रहदै खेल रोकिदा एमसीसीले उच्च योगल तयार गरेको हो । एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक बनाए ।
एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए । बिली गोडलम्यान १० रनमा आउट भए ।
यासिर अराफाट ३५ रनमा अविजित रहदा एलेक्स थोम्पसन २१ रनमा अविजित छन् ।
नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले २/२ विकेट लिए ।
अब बिहिबार पुन: एमसीसीले सुरुवातमा ब्याटिङ गर्ने छन् ।
नेपालले करिब १४ वर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।
फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।