काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपालले अहिले प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
एमसीसीविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लसहित नेपालका ९ खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका छन् ।
टिममा भएका मध्ये सोमपाल कामी र शरद भेषवाकरले मात्र फस्ट क्लास क्रिकेट खेलिसकेका छन् ।
नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् । टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् । त्यसैले कम्तीमा ९ नेपाली खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्नेछन् ।
नेपालले करिब १४ वर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।
फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।
नेपाल टिम :
ज्ञानेन्द्र मल्ल
आरिफ शेख
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित राजवंशी
पवन सर्राफ
राजु रिजाल
सन्दीप लामिछाने
शरद भेषवाकर
सोमपाल कामी