एजेन्सी । पाकिस्तानविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले शानदार जित निकालेको छ ।
क्यानबेरामा मंगलबार भएको खेलमा अष्ट्रेलियालाई पाकिस्तानले ७ विकेटले हराएको छ ।
पाकिस्तानले दिएको १ सय ५१ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
अष्ट्रेलियाको जितमा स्मिथले अविजित रहदै अर्धशतकीय इनिङ्स खेले । ५१ बलमा उनले ११ चौका र १ छक्काको मद्दतले ८० रन बनाए । यस्तै बेन डेर्मोटले २१ तथा डेभिड वार्नरले २० रनको योगदान गरे ।
पाकिस्तानका मोहमद इरफान, इमाद वासिम र मोहमद आमिरले समान १/१ विकेट हात पारे ।
यसअघि टस टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
उसका इफ्तिकार अहमद र कप्तान बाबर आजमले अर्धशतकीय इनिङ्स खेले । अहमदले अविजित ३४ बलमा ५ चौका र ३ छक्काको मादतले ६२ रन बनाए ।
यस्तै बाबरले ३८ बलमा ५० रन बनाउँदा रन आउट भए । मोहमद रिजवानले १४ तथा इमादले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
अष्ट्रेलियाका अस्टन अगरले २ तथा केन रिचार्ड्सन र पाट कमिन्सले समान १/१ विकेट हात पारे ।
जितसँगै तीन खेलको टी-ट्वान्टी सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ । यसअघि पहिलो खेल वर्षका कारण नतिजा विहिन सकिएको थियो । तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल शुक्रबार हुनेछ ।