काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीयमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा एमसीसीले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो ।
नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको छ । ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन् ।
तर, एमसीसीविरुद्ध नेपालका मुख्य दुई खेलाडी खेल्ने छैनन् । निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने टिममा राखिएको छैन ।
नेपालको सुरुवाती ११ -
ज्ञानेन्द्र मल्ल (कप्तान)
शरद भेषावकर
दीपेन्द्रसिंह ऐरी
आरिफ शेख
विनोद भण्डारी
पवन सर्राफ
करण केसी
ललित नारायण राजवंशी
विक्रम सोब
अविनाश बोहोरा
इशान पाण्डे