एजेन्सी । घरेलु टिम अष्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टी-ट्वान्टी नतिजाविहीन सकिएको छ ।
सिड्नीमा वर्षाको कारण पहिलो टी-ट्वान्टी नतिजाविहीन सकिएको हो ।
पटक पटक वर्षाले प्रभावित गरेको खेलमा पाकिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर १०७ रन बनाएको थियो । र, डिएल पद्दतिको आधारमा अष्ट्रेलियाले १५ ओभरमा ११९ रनको लक्ष्य पाएको थियो ।
पाकिस्तानले दिएको ११९ रनको लक्ष्यसहित अष्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहदा पुन: वर्षाको कारण खेल रोकिएपछि खेल नतिजाविहीन सकिएको हो । वर्षाले रोकिनुअघि अष्ट्रेलियाले ३ ओभर १ बलमा विना विकेटको क्षतिमा ४१ रन बनाएको थियो ।
अष्ट्रेलियाका कप्तान आरोन फिन्च ३७ र डेभिड वार्नर २ रनमा अविजित रहेका थिए ।
यसअघि पाकिस्तानका लागि कप्तान बाबर आजमले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै मोहमद रिजवानले ३१ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्क र केन रिचर्डसनले २/२ विकेट लिए ।
तीन खेलको टी-ट्वान्टी र दुई टेष्ट सिरिजका लागि पाकिस्तान अष्ट्रेलियाको भ्रमणमा रहेको छ ।
दुईबीचको दोस्रो खेल मंगलबार हुनेछ ।