एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले इंग्ल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।
विलिङटनमा आइतबार भएको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई २१ रनले पराजित गरेको छ ।
जितसँगै न्युजिल्याण्डले पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यसअघि पहिलो खेलमा इंग्ल्याण्डले ७ विकेटको जित निकालेको थियो ।
न्युजिल्याण्डले दिएको १७७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १९ ओभर ५ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो ।
इंग्ल्याण्डका लागि डेभिड वालनले ३९ रन जोडे । यस्तै क्रिस जोर्डनले ३६ तथा कप्तान इयान मोर्गनले ३२ रन बनाए ।
न्युजिल्याण्डका मिचेल स्टाननरले ३ विकेट लिए । यस्तै टिम साउथे, लक्की फर्गुसन र इश सोधीले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि जेम्स निशमले ४२ तथा मार्टिन गुप्टिलले ४१ रन बनाएका थिए । यस्तै रोस टेलर र कोलिन डी ग्राण्डहोमेले समान २८/२८ रन जोडे ।
इंग्ल्याण्डका क्रिस जोर्डनले ३ विकेट लिए । साम करनले २ विकेट लिए ।