काठमाडौं । टी–ट्वान्टी विश्वकप छनोटको उपाधि नेदरल्याण्डले उचालेको छ ।
शनिबार राति भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्याण्डले उपाधि उचालेको हो ।
१ सय २९ रनको लक्ष्य नेदरल्याण्डले ६ बल बाँकी छदाँ मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
वेन कुपरले सर्वाधिक ४१ रन बनाएको ईनिङ्समा रेयान दस डोसेथले नकआउट ३४ रन बनाए । त्यस्तै कोलिन एकरम्यानले अविजित २९ रनको योगदान दिए ।
सुरुवाती ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतीमा १ सय २८ रन बनाएको थियो ।
लिगा सिकाले सर्वाधिक ३९ रन बनाएको ईनिङ्समा सिसीले २९ तथा जासन किलाले नटआउट २७ रन बनाए । अन्यले दोहरो अंकको स्कोर छुन सकेनन् ।
नेदरल्याण्डका ब्रेनडन ग्लोभरले सर्वाधिक ३ विकेट लिए ।
पीएनजीले नामिबिया र नेदरल्याण्डले आयरल्याण्डलाई हराउँदै फाईनल यात्रा तय गरेका थिए ।
दुबईमा भएको ग्लोबल छनोट अन्तर्गत नेदरल्याण्ड आयरल्याण्ड, पीएनजी र नामिबियाले अर्को बर्ष हुने विश्वकपमा स्थान बनाएका छन् ।