एजेन्सी । पपुवा न्यु गिनी (पीएनजी) युएईमा जारी आईसीसी विश्वकप क्रिकेट अन्तर्गत ग्लोबल छनोटको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको सेमिफाइनलमा नामिबियालाई १८ रनले पराजित गर्दै पीएनजी उपाधि नजिक पुगेको हो ।
अब पीएनजीले उपाधिका लागि नेदरल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड आयरल्याण्डलाई २१ रनले पराजित गर्दै फाइनल पुगिसकेको छ ।
दुबईमा पीएनजीले दिएको १३१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो ।
नामिबियाका स्टेफेन बार्डले ३४ तथा जेपी कोट्जेले ३० रन बनाए । पीएनजीका नोर्मन भानुआले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३० ओभरमा ५ विकेट गुमाएर १३० रन बनाएको थियो ।
पीएनजीका सेसे बाउले अविजित ४० रन बनाए । यस्तै चार्ल्स आमिनीले ३१ तथा नोर्मन भानुआले २० रन बनाए । नामिबियाका जेजे स्मीटले २ विकेट लिए ।
अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको छनोट अन्तर्गत रहेको ग्लोबल छनोटबाट पीएनजी र नामिबिया ले विश्वकपमा स्थान बनाइसकेका छन् ।