ललितपुर । सशत्र प्रहरीको एपीएफ क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा तेस्रो जित दर्ता गरेको छ । लगातार जित निकाल्ने क्रममा एपीएफले आइतबार डर्बी क्लब नेपाल पुलिस क्लबलाई २ – ० ले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जित दिलाउन अनिता केसी र सरु लिम्बुले समान एक एक गोल गरिन । एपीएफको लागि पहिलो हाफको २३ औं मिनेटमा अनिताले गोल गरेकी थिइन् । त्यस्तै खेलको ४७ औं मिनेटमा सरुले गोल गर्दै एपीएफलाई सहज जित दिलाइन ।
जितसंगै एपीएफले तीन खेलबाट ९ अंक जोडेको छ । अघिल्ला दुई खेलमा एपीएफले काठमाडौं र रौतहटलाई हराएको थियो । पुलिसको भने यो लगातार तेस्रो हार ।