काठमाडौं । इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा तीन फर्म्याटको लागि राष्ट्रिय टिमको घोषणा गरेको हो ।
नेपालले एमसीसीसँग टी-ट्वान्टी, एकदिवसीय र फस्ट क्लास क्रिकेट खेल्ने कार्यकम रहेको छ ।
नेपालले टी-ट्वान्टीका लागि १५ सदस्सीय टिमको घोषणा गर्दा एकदिवसीय र फस्ट क्लासको लागि १४/१४ सदस्सीय टिमको घोषणा गरेको हो ।
तर, निर्वतमान कप्तान पारस खड्काले भने एकदिवसीय मात्र खेल्ने छन् । हालै कप्तानीबाट राजीनामा दिएका पारसले टी-ट्वान्टी र फस्ट क्लास खेल्ने छैनन् ।
टिमका भएका मध्ये ८ खेलाडीले तीन वटै फर्म्याटमा स्थान बनाएका छन् । कप्तान ज्ञानेन्द्रसँगै सोमपाल कामी, सन्दीप लामिछाने, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित नारायण राजवंशी तीन वटै टिममा रहेका छन् ।
टी-ट्वान्टी टिममा पर्दै अमित श्रेष्ठ र नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
फस्ट क्लासका लागि राजु रिजाल र जितेन्द्र मुखियाले टिममा पुनरागमन गरेका छन् ।
नेपालसँगको सिरिजका लागि एमसीसीको टिम शुक्रबार नेपाल आईपुग्ने छन् । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी नेपाल आउन लागेको हो । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।
यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।
एमसीसीले नेपाल भ्रमणका लागि यसअघि नै टिमको घोषणा गरेको थियो ।
नेपाल र एमसीसीबीचको खेल तालिका :
३ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
४ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर )
६ देखि ८ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
९ नोभेम्बर : एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)
पोखरामा हुने खेल -
११ नोभेम्बर : एमसीसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
१२ नोभेम्बर : एमसीसीविरुद्ध मुख्य मन्त्री -११ (२० ओभर)
नेपाली टिम :