ललितपुर । त्रिभुवन आर्मी क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा रौतहटलाई ३ – १ गोल अन्तरले हराएर आर्मीले लगातार तेस्रो जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापाले दुई गोल गरिन् । यस्तै दिपा राईको नाममा एक गोल रह्यो । रौतहटकी रश्मी कुमारी घिसिङले एक गोल फर्काइन् ।
पहिलो हाफको नवौं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । १२ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्मी २ – ० ले अघि रहेको थियो ।
दोस्रो ह्फको ६५ औं मिनेटमा दिपाले गोल गर्दै आर्मीको अग्रता ३ – ० को बनाईन् । त्यसपछि खेलको ६८ औं मिनेटमा रौतहटकी रश्मीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकिनन् ।
यो जितसंगै आर्मीले लिगमा ९ अंक जोडेको छ । आर्मीले पहिलो खेलमा पुलिस र दोस्रो खेलमा काठमाडौंलाई हराएको थियो । रौतहटको यो लगातार दोस्रो हार हो । रौतहटको ६ अंक रहेको छ ।