काठमाडौं । चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेटका लागि नेपालले १८ सदस्सीय महिला यू-१९ क्रिकेट टिमको घोषणा गरेको छ ।
नेपालले मंगलबार डोली भट्टको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो । नेपालले अन्तिम १४ सदस्सीय टिमको घोषणा भने केहि दिनपछि गर्ने जनाएको छ ।
चीनको संघाईमा हुने प्रतियोगिता नोभेम्बर ११ देखि १६ सम्म हुनेछ ।
नेपालले नोभेम्बर ११ मा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नोभेम्बर १२ मा नेपालले दुई खेल खेल्नेछ । पहिलो खेल साउदी अरेबिया र दोस्रो खेलमा चीनको सामना गर्नेछ ।
यस्तै नोभेम्बर १४ मा मलेसिया र नोभेम्बर १५ मा म्यानमारसँग खेल्नेछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का मुख्य प्रशिक्षक जगत टमटा, छनोट समितिका बिनोद दास र यू-१९ टोलीका मुख्य प्रशिक्षक कलाम अलीले टिमको घोषणा गरेको हो ।
नेपाली टिम ७ नोभेम्बरमा चीन प्रस्थान गर्नेछन् ।
नेपाली टिम :
डोली भट्ट (कप्तान)
कविता कुवर
कृतिका मरासिनी
यसोधा बिष्ट
रुबी पोदार
राजमती ऐरी
ईश्वरी बिष्ट
लक्ष्मी साउद
खुशी डंगोल
हेलिसा लामा गुरुङ
ज्योति दनुवार
निगम तामाङ
शिला क्षेत्री
लक्षिता राजवंशी
गोमा आले
पेम लामु शेर्पा
मनिषा मगर
सृष्टि पौडेल