एजेन्सी । आयरल्याण्ड अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।
युएईमा जारी ग्लोबल छनोट अन्तर्गत आइतबार तेस्रो स्थानको युएई र पाँचौ स्थानको क्यानडाबीचको खेल नसकिदै आयरल्याण्ड विश्वकपमा छनोट भएको हो ।
छनोटको समूह 'बी' मा रहेको आयरल्याण्डले ६ खेलमा ८ अंक जोडेको छ र शीर्ष स्थानमा रहदै छैटौं पटक विश्वकपको यात्रा तय गरेको छ ।
अब युएई र क्यानडाले जित निकालेपनि नेट रन रेटमा आयरल्याण्ड अघि रहनेछ I किनकी युएईले क्यानडालाई मात्र १५५ रनको लक्ष्य दिएको छ ।
आबु धाबीमा युएईले दिएको १५५ रनको लक्ष्यसहित क्यानाडाले जवाफी ब्याटिङ गरिरहेको छ । अब क्यानडाले लक्ष्य १८ ओभर ३ पुरा गरे युएई पाँचौ स्थानमा झर्नेछ । क्यानडाले जिते पनि रन रेटमा आयरल्याण्ड अघि रहने छ ।
समूह 'ए' बाट पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाईसकेको छ ।
सन् २०२० मा आयोजना हुने टी-ट्वान्टी विश्वकपका लागि जारी छनोटमा १४ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।