एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएका छन् ।
एडिलेटमा श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा शतकीय इनिङ्स खेल्दै वार्नरले पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय शतक बनाएका हुन् ।
वार्नरले ५६ बलमा १०० रन पुरा गरे । उनले १० चौका र ४ छक्का प्रहार गरे । अष्ट्रेलियाका पूर्व उपकप्तान समेत रहेका वार्नरले ३३ औं जन्मदिनको दिन शतकीय इनिङ्स खेलेका हुन् ।
वार्नरको शतकसँगै अष्ट्रेलियाले श्रीलंकालाई जितका लागि २३४ रनको फराकिलो लक्ष्य दिएको छ ।
अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर २३३ रन जोड्यो । अष्ट्रेलियाको उच्च योगफलमा कप्तान आरोन फिन्चले ६४ तथा ग्लेन म्याक्सवेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।
श्रीलंकाका लक्षण शान्दकान र डासुन शनकाले एक एक विकेट लिए ।