एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इन्ग्लिश क्लब चेल्सीले इन्टर मिलानलाई पराजित गरेको छ । फ्रान्समा शनिबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब इन्टरलाई पेनाल्टी सुटआउट ५ – ४ ले हराएको हो ।
एलिनाज रीभिरामा खेलको निर्धारित समय १ – १ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीले सफलता हात पारेको हो । पेनाल्टीमा इन्टरका मिलान स्क्रिनिअरले गोल गर्न नसक्दा चेल्सीले जित निकालेको हो ।
यसअघि खेलको आठौं मिनेटमा सेस फाब्रिगासको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ४९ औं मिनेटमा इन्टरका रोबर्टो गाग्लीरडिनीले गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याएका थिए ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको तयारी गरिरहेका चेल्सी र इन्टरले प्रतिस्पर्धा गरेका हुन् ।