एजेन्सी । बंगलादेशविरुद्ध हुने तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा भारतका नियमित कप्तान विराट कोहलीलाई आराम दिईएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले कोहलीलाई विश्राम दिँदै बंगलादेशविरुद्धको सिरिजका लागि टिम घोषणा गरेको छ । कोहली टिम बाहिर रहदा भारतको कप्तानी रोहित शर्माले गर्नेछन् ।
बंगलादेशविरुद्ध भारतको टिममा शिवम डुबेले पहिलोपटक स्थान बनाएका छन् । कोहलीसँगै महेन्द्र सिंह धोनी समेत टिममा हुने छैनन् ।
भारतले बंगलादेशसँग घरेलु भूमिमा तीन खेलको टी-ट्वान्टी सिरिज र दुई खेलको टेष्ट सिरिज खेल्नेछ । भारतले दिल्लीमा नोभेम्बर ३ मा पहिलो टी-ट्वान्टी खेल खेल्नेछ ।
कप्तान कोहली टेष्ट टिममा भने रहेका छन् ।