काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले टी-१० लिग खेल्ने भएका छन् ।
हालै कप्तानीबाट राजिनामा दिएका पारसले टिम आबु धाबीबाट टी-१० लिग खेल्ने भएका छन् ।
पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् । पारस ड्राफ्ट अघि नै आबु धाबीमा आबद्द भएका हुन् ।
पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् । यस्तै टी-१० पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।
आबुधाबीमा इंग्ल्याण्डका मोइन अली लगायतका खेलाडी रहेका छन् ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् ।
आबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।