काठमाडौं । क्याट क्विन्स काठमाडौंकी कप्तान रुबिना क्षेत्री पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) मा 'प्लेयर अफ दि सिरिज' चुनिएकी छिन् ।
टियु क्रिकेट मैदानमा बिहिबार सम्पन प्रतियोगितामा काठमाडौंलाई उपविजेता बनाउन सफल रुबिना सर्वोकृष्ट खेलाडी बन्दै 'प्लेयर अफ दि सिरिज' चुनिएकी हुन् । रुबिनाले टीभीएसको स्कुटर र ५० हजार प्राप्त गरिन् ।
यस्तै प्रतियोगितामा उत्कृष्ट बलर चितवनकी कविता गौतम, चितवनकै काजल श्रेष्ठ उत्कृष्ट ब्याट्सवुमन र काठमाडौंकी ईश्वरी विष्ट इमर्जिङ खेलाडी चुनिए । उनीहरुले जनही २५/२५ हजार प्राप्त गरिन् ।
प्रतियोगिताको उपाधि भने चितवनले जितेको छ । चितवनले काठमाडौंलाई ४५ रनले हराएको थियो।