काठमाडौं । पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को फाइनलमा अहिले क्याट क्विन्स काठमाडौं र चितवन राईनोजबीच प्रतिस्पर्धा भईरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा काठमाडौंले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । चितवनले पहिले ब्याटिङ गर्नेछ ।
काठमाडौं रुबिना क्षेत्रीको कप्तानीमा रहेको छ भने चितवनको नेतृत्व ईन्दु बर्माले गरेकी छिन् ।
प्रतियोगिताको अपराजित टिम चितवन सोही लयलाई कायम राख्दै प्रतियोगिताको उपाधि उचाल्ने दाउमा छ ।
तर चितवनसंग पहिलो खेल गुमाएर उत्कृष्ट पुनरागमन गरेको काठमाडौं समेत उपाधि भिडन्तमा आफुलाई आफुलाई प्रमाणित गर्ने प्रयास गर्नेछ ।
लिग चरणमा चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो ।
काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले दुवै टिम राम्रो रहेको बताउँदै पहिलो खेलमा गरेको गल्तीलाई सच्चाउँदै उपाधि जित्ने दाबी गरिन् ।
क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले टीभीएसको स्कुटर र ५० हजार पाउनेछ । विधागततर्फका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।