एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इन्ग्लिश क्लब आर्सनलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेनलाई ५ – १ ले पराजित गरेको हो ।
सिंगापुरमा मोसिट ओजिलको कप्तानीमा रहेको आर्सनललाई जित दिलाउन एलेक्जेन्डर लाकजेट्सले दुई गोल गरे । यस्तै कप्तान ओजिल, रब होल्डीङ र एडवार्डले समान एक एक गोल गरे । पिएसजीका क्रिष्टोफर एनकुकुले एक गोल फर्काए ।
फ्रेन्च च्याम्पियन पिएसजीविरुद्ध पहिलो हाफमा १ – ० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा चार गोल थपेको थियो । तर, आर्सनलविरुद्ध पिएसजीले आफ्ना दोस्रो रोजाईका खेलाडी मैदान उतारेका थिए ।
आर्सनल भने पहिलो रोजाईका खेलाडी नै मैदान उतारेका थिए । जसमा जर्मनीका पुर्व मिडफिल्डर ओजिलसहित, हेनरिक मिखीटेरीयन, एलेक्स ओबी, पेरिक एम्रिक आबुमियाङ लगायतका खेलाडी थिए । ओजिलले यसै साता राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको तयारी गर्न आर्सनल र पिएसजी सिंगापुर पुगेको हो ।