काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १३ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १३ औं स्थानमै रहेको थियो ।
नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १९० रेटीङ अंक पाएको छ ।
एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएई रहेका छन् ।
नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।
एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।