काठमाडौं । पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेटको उपाधि ट्रफी चन्द्रागिरी हिल्समा सार्वजनिक गरिएको छ ।
डब्लुसीलको उपाधि भिडन्त अघि बुधबार ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको हो । डब्लुसीलको फाइनल खेल बिहिबार टियु क्रिकेट मैदानमा हुनेछ ।
उपाधि ट्रफी फाइनल पुगेका दुई टिम क्याट क्विन्स काठमाडौं र चितवन राइनोजका कप्तानले सार्वजनिक गरेका थिए । काठमाडौंकी कप्तान रुबिना क्षेत्री र चितवनकी कप्तान इन्दु बर्माले ट्रफी सार्वजनिक गरिन् ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीकाे स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।