काठमाडौं । वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेटको इलिमिनेटरमा विराटनगर टाईटन्सले जितका लागि क्याट क्विन्स काठमाडौंलाई ६९ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो ।
विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् । यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन् ।
विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिईन् ।
आज दुवै टिम जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।
प्रतियोगितामा चितवन राइनोज फाइनल पुगिसकेको छ । यस खेलको विजेताले बिहिबार हुने फाइनलमा चितवनको सामना गर्नेछ ।