काठमाडौं । राष्ट्रिय महिला खेलाडी उषा भण्डारीलाई न्यू बैदेही खाद्य उद्योगले ब्राण्ड एम्बास्डर घोषित गरेको छ । सर्लाहीको सबै भन्दा लोकप्रिय खाद्य उद्योग न्यु बैदेहीले भण्डारीलाई २ बर्षकालागि ब्राण्ड एम्बास्डर घोषित गरेको हो ।
सहमती अनुसार खाद्य उद्योगले भण्डारीलाई २ बर्षमा ६ लाख रुपैयाँ उपलब्ध गराउनेछ । भण्डारीले खाद्य उद्योगले आफुलाई प्रत्येक बर्षको ३ लाख रुपैयाँ दिने गरि दुई बर्षकालागि ब्राण्ड एम्बास्डर बनाएको खेलपाटीलाई बताईन् । दोस्रो बर्ष सम्झौता रकममा १० प्रतिशतले वृद्धि हु्नेछ ।
सहमती अनुसार अब खाद्य उधोगका उत्पादनमा भण्डारीको तस्वीर, भिडीयो क्लिप तथा पर्चा पम्पलेटहरु सम्झौता अवधिभर राखिनेछ । सहमतीपत्रमा न्यू वैदेही खाद्य उद्योग ईश्वरपुरका भविन्द्र शाह र भण्डारीले हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि खेलपाटीसंग कुरा गर्दै भण्डारीले ब्राण्ड एम्बास्डर बन्ने आफु पहिलो महिला फुटबल खेलाडी भएकाेमा खुसी ब्यत्त गरिन् । उनले सम्झौताले नयाँ पुस्ताका महिला खेलाडीलाई समेत फुटबलमा आउन प्रेरणा मिल्ने उल्लेख गरिन् ।
भण्डारी महिला राष्ट्रिय टिममा सेन्टर डिफेन्स पोजिसनबाट खेल्ने गर्छिन् ।