काठमाडौं । वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) अन्तर्गत ईलिमिनेटर राउण्डमा विराटनगर टाईटन्स र क्याट क्विन्स काठमाडौंबीच प्रतिस्पर्धा हुदैछ ।
शीर्ष तीन भित्र रहदै दुवै टोली ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
विजेता टिमले सिधै फाईनलमा स्थान बनाउने छ ।
खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
काठमाडौं टिम रुबिना क्षेत्रीको कप्तानीमा मैदानमा उत्रनेछ । पहिलो खेलमा चल्न नसकेपछि पछिल्लो समय उत्कृष्ट प्रर्दशन गरिरहेकी रुबिना टिमलाई फाईनल पु¥याउने लक्ष्यमा हुनेछिन् ।
विराटनगर टिम सरिता मगरको कप्तानीमा मैदानमा उत्रनेछ । रुबिना नेतृत्वको काठमाडौंलाई पराजित गर्दै विराटनगर समेत फाईनलमा स्थान बनाउन चाहन्छ ।
विजेता टिमले उपाधिका लागि चितवन राईनोजसंग प्रतिस्पर्धा गर्नेछ ।
चितवन तालिकाको शीर्ष स्थानमा रहदै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।